मनकारी बाबुराम–सेवा आश्रमलाई मासिक २ हजार दिने घोषणा
गोरखा, माघ २६ ।
नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले गोरखालाई विकासमा नमूना बनाउने बताएका छन् । ऐतिहासिक, धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण रहेको गोरखामा विकासका पूर्वाधार खडा गरेर नमूना जिल्ला बनाउने प्रण भट्टराईको छ । गोरखाको मानव सेवा आश्रमले गरेको स्वागत तथा सम्मान कार्यक्रममा आज उनले स्थानीय, प्रदेश र केन्द्रीय तहमा निर्वा्चित जनप्रतिनिधिहरु मिलेर गोरखा विकासमा साझा योजना बनाउँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । साथै मानव सेवा आश्रमलाई सांसद अवधि पाँच वर्षसम्म मासिक दुई हजारका दरले आर्थिक सहयोग गर्ने घोषणा भट्टराईले गरेका छन् ।
आश्रमले बेसहारा, अपांग तथा अनाथलाई सडकबाट उद्धार गरी आश्रममा आवासीय सुविधा दिएर राखेको छ भने १८ जना बालबालिकालाई आवासीय सुविधा दिएर शिक्षा दिएको छ । यस्तै प्रदेश सांसद तथा नयाँ शक्तिका नेता हरिशरण आचार्यले पनि मासिक एक हजार आश्रमलाई सहयोग गर्ने बताए । आश्रमका संरक्षक डा. गोविन्द टण्डनले नेपाललाई मानवताको सहर बनाउने अभियान जारी रहेको जानकारी दिए ।