फेवातालमा युवतीको शव भेटियो, हत्याको आशंका

पोखरा, फागुन १९ ।
फेवातालमा एक यूवतिको शव भेटिएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका २ ढिकुरपोखरीकी १९ बर्षिया दिब्या अधिकारीको शव गौरीघाट नजिक फेवातालमा भेटिएको हो ।
तालमा तैरिरहेको अबस्थामा शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव अहिले पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको शव गृहमा राखिएको छ ।
यूवतीको साथमा स्कुटरको चाबी भेटिएको र उनको शव नजिकै एउटा स्कुटर पनि भेटेको प्रहरीले जनाएको छ । हत्या भएको आशंका गरिएपनि छानवीन पछि मात्रै घटनाको बारेमा खुल्ने कास्की प्रहरीका प्रबक्ता डिएसपी रवीन्द्रमान गुरुङले जानकारी दिए ।