प्रधानमन्त्रीलाई काँग्रेस सांसद केसीको सुझाव–’मन्त्रीमण्डल हेरफेर गर्ने बेला भयो, विचार गरिबक्सियोस्’
पोखरा, फागुन ९ ।
आदरणीय पत्रकार साथीहरु । आज अत्यन्त परिवर्तनपछिको इतिहासमै दुई तिहाईको सरकार रहेको बेलामा राज्यले धेरै सपना बाढ्यो । तर पूरा गर्न सकेको छैन । मैले नेगेटिभ भन्दा पनि पोजिटिभ कुरा गर्ने मान्छे हुँ । मेरा सोच, मेरा भावना सरकार चल्नुपर्छ र सहज रुपमा चल्नुपर्छ भन्ने हो । नेपाली काँग्रेसको एउटा सदस्यको हैसियतले भन्नुपर्दा नेपाली काँग्रेसले आफ्नो अवधारणा र पार्टीका कुराहरु मेरा आदरणीय यूवा नेता भाइ गगन थापाले राख्नुभएको छ । पार्टीका कुराहरु विश्वप्रकाश शर्माले राख्नुभएको छ । ति कुराहरुलाई समर्थन गर्दै बाँकी मैले आफ्ना कुराहरु राख्छु । विशेषगरी म अलि राष्ट्रियताप्रति सजक मान्छे हुँ । मुलुकमा एक बर्षमा सरकारले धेरै आश्वासन दियो र पूरा गर्न सकेको छैन ।
प्रतिपक्षको सकारात्मक सहयोग हुँदाहुँदै पनि विकासका योजनाले गति लिन सकेको छैन । आर्थिक रुपमा मुलुक दयनिय अवस्थामा पुगेको छ । ब्यापार घाटा चरम रुपमा चुलिएको छ । कृषि उपज पनि अरवौं रुपैयाँ ल्याउनुपरेको छ । उत्पादन घटेको छ, आयात बढेको छ । यी सूचनाहरु अत्यन्त निराशाजनक छ । उद्योगधन्दा बढ्ने क्रम रोकिएको छ । त्यो भन्दा पनि बढी विदेशी लगानी भित्रिएको छैन । भूकम्पको बेलामा कवुल गरिएका कुराहरु अहिलेसम्म आएको छैन ।
सरकार साँच्चै कम्युनिष्टको हो कि होईन भन्ने कुरा अझै पनि अध्ययनकै बिषय छ । ति कारणले होला विदेशी लगानीकर्ताको आकर्षण बढ्न सकेन । अहिले मिडियामा पनि न्यायिक स्वतन्त्रतामाथी हनन भएको छ । यसमाथी औंला ठड्याउने काम भएको छ । न्यायिक स्वतन्त्रता स्थापित हुन सकेको छैन । प्रेस स्वतन्त्रतामाथी पनि अंकुश लाउने काम भयो । सरकारले मुलुकको वर्तमान संविधान परिपालना गर्छ भन्ने कुरामा चुकेको छ । यसले गर्दा लगानीकर्ताको मनोवल गिरेको अवस्था छ ।
अहिले सरकारले निजी क्षेत्रमा आफै लगानी गछु भनेको छ । ३५ सय मेगावाट उर्जा सरकारले जनतालाई आह्वान गरेको छ । ति राम्रा पक्ष छन् । सरकारले उर्जाको महत्व बुझ्यो । तर अहिलेको अवस्था हेर्दा सस्तोमा उत्पादन हुने अवस्था छैन । समयमा काम गर्न सकिएन भने लागत बढ्दै जान्छ । अहिलेको टेण्ड हेर्ने भने चालू खर्च हुने तर पुँजीगत खर्च नहुने अवस्था छ । ७ महिनामा १५ प्रतिशत भन्दा बढी खर्च हुन सकेन । मुल कारण भनेको सरकार चिन्तित छैन ।
यूवा स्वरोजगार कार्यक्रम भनियो । २ अर्व भन्दा बढी खर्च गरियो । ट्याक्सबाट आएको पैसा बाढ्न सजिलो छ । उपलब्धी कति हासिल गर्यो भन्ने कुरा लेखाजोखा छैन । प्रगति सकारात्मक छैन । मानिसहरु शंका गर्छन्, जनताहरु भन्छन्–आफ्ना कार्यकर्तालाई मात्रै पैसा दान दिने काम भएको हो कि भन्ने छ । यसैले रिजल्ट नआई केही भन्न सकिने अवस्था छैन ।
अहिले रेमिट्यान्समा सरकार चलेको छ । यसकै लागि बाहिर जाने क्रम बढेको छ । पढेलेखेका यूवाहरु पनि बाहिर गएका छन् । शिक्षित बेरोजगार बाहिरै छन्, अर्थ शिक्षित पनि बाहिरै छन् । अझै लेवर समेत बाहिरै पुगिसके । देशमा यूवा साथीहरु हुनुहुन्न । श्रमको अभाव छ । सरकारी संयन्त्र र निजी कामहरु पनि हुन नसकेको कारण नै स्कील मेनपावर छैन । सरकारी प्रक्रियाहरु ढिलो छ । अनि धमिलोमा माछा मार्ने चलन धेरै आयो ।
एकबर्षमा शान्ति सुरक्षा हेर्ने हो भने डरलाग्दो छ । धेरै चोटी सरकारले कवुल गरेपनि निर्मला हत्याकाण्डका दोषी पक्राउ परेनन् । केन्द्रदेखि स्थानीय तहसम्म जनतालाई करको भार थुपारिएको छ । यसले मुल्यबृद्धी चरम भयो । त्यसमाथी डलरको भाउ बढ्दा उद्योगधन्दाको लागत बढेको छ । सरकारी संयन्त्रका पैसा खर्च नभएका कारण बैंकहरुमा तरलता कम भएको छ । पूँजी सरकारी ढुकुटीमा रहने विकास निर्माणका काममा खर्च नभएका कारणले बैंकहरुमा थोरै सीमित खर्च भएको पूजीँलाई हानथाप गरेर ब्याज चर्केको छ । यसको प्रत्यक्ष मार जनतामा परेको छ । त्यो भन्दा पनि नकारात्मक कुरा के हो भने, सरकार सुन्न चाहदैन ।
दुईतिहाइमा अत्यन्त राम्रा मान्छेहरु पनि छन् । तर अत्यन्त नकारात्मक सोच भएका मान्छेहरु पनि छन् । दुई तिहाइको धन्दाका लागि केपी ओली सरकारलाई नचाहिँदा कुरामा पनि सम्झौता गर्नुपरेको भन्ने शंका उब्जिएको छ । हैन भने वाईड बडीमा ४ अर्व रुपैयाँ भन्दा बढी भ्रष्टाचार भएको कुरा लेखा समितिले दिएको छ । त्यसलाई कारबाही गर्नुपर्नेमा आयोग गठन गरेर दच्काउने काम गर्न खोजिएको छ ।
यस्ता ब्यवहारले काण्डलाई ढाकछोप गर्न सरकारका केही तत्व लागिरहेका छन् । मलाई लाग्छ, केपी शर्मा ओलीलाई कुनै खरावी गर्नुपर्ने छैन । वहाँ अत्यन्त महत्वकांक्षी मान्छे हो । वहाँको भावनाको ब्यक्तिगत रुपमा कदर गर्छु । तर त्यसमा काम खै ? पानीजहाजको अफिस खोलिएको छ, पानी जहाज कहाँ छ ? केपी ओली सारा नेपालीको प्रधानमन्त्री हुनुहुन्छ, दुई तिहाइको हैन । सार्वजनिक पदमा बसेकाहरु, प्रतिपक्ष पनि आम जनताका जिम्मेवारी बोकेका मानिसहरु हुन् । उनीहरुले आफ्नो जिम्मेवारी पूरा गर्नेपर्छ ।
केपी ओलीलाई चुकाउने काम भएको छ । वहाँको भावनामा र गरिमामा आँच आउने काम भएको छ । किनभने मधेशका पार्टीलाइ पनि ततेर्नै पर्यो । चित्रबहादुर केसी ज्यूलाई पनि ततेर्नै पर्यो । चित्रबहादुरजस्ता राम्रा मान्छेहरु पनि छन् त्यहाँ, धमिलोमा माछा मार्नेहरु पनि मिलिजुली सरकारमा छन् । यस्तै मान्छेहरुले ओली सरकारलाई बादल लगाउने काम गरेको छ । वहाँ सजग हुनुपर्छ । दुई तिहाइको हैन, आम नेपालीको प्रधानमन्त्री हुनुपर्छ भन्ने मेरो सुझाव हो । राष्ट्रपति, उपराष्ट्रपति, सभामुख लगायत हामीले सम्मान गर्नुपर्ने पदहरु जनताको साझा हुनुपर्छ पार्टीको हैन ।
तर सुरु देखिनै दाग लागेर सुरु भएको सरकार आजसम्म पनि काण्डैकाण्डमा रुमलिरहेको छ । म संलग्न पार्टीले पहिले देखि नै यो कुरा भनेकै छ । आफ्ना धारणाहरु सार्वजनिक गरिरहेकै छ । त्यो हुँदाहुँदै पनि मैले ब्यक्तिगत रुपमा केही भनेको हुँ । प्रधानमन्त्रीलाई ठाडो दोष दिनुभन्दा वहाँका आसपासमा रहेका ब्यक्तिहरु अत्यन्त गलत पात्रहरु छन् । वहाँले ती पात्रहरुलाई फिल्टर गर्नुपर्छ भन्ने मेरो भनाई हो । अव फिल्टर गर्नुपर्ने बेला आएको छ, एक बर्ष भैसक्यो । कतिपय पात्रहरुलाइ छाँट्नुपर्ने हो कि बिचार गरिबक्सियोस् । प्रधानमन्त्रीलाई मेरो विशेष आग्रह हो ।
मन्त्रीगण कतिपय राम्रा हुनुहुन्छ । सबै राम्रा हुनुहुन्न । वहाँहरुलाई पनि मेरो सुझाव हो । आफ्नो पार्टीको हितका निमित्त आरोप लाइसकेपछि बाहिर बसेर हिम्मतका साथ सहयोग गर्न सक्नुपर्दछ । मेरै आदरणीय भाइ रवीन्द्र अधिकारी ज्यूले पनि बात लाइसकेपछि केपी सरकारलाई सहयोग गर्नका निमित्त बाहिर बसेर सहयोग गर्नुपर्ने हो । त्यो काममा वहाँ चुक्नुभएको छ ।
सायद होला अख्तियारमा पनि आफ्नै मान्छे छन् । सतर्कता केन्द्रमा पनि आफ्नै मान्छे छन् । जाँचबुझ आयोगमा पनि आफ्नै मान्छे छन् । सबै सरकारका पक्षमा छन् । दुई तिहाइले धम्की दिएकै छ । यहाँसम्म कि प्रधानन्याधिसको नियुक्तिमा दुई तिहाइ हौं हामी विचार गर्नुस् भनेर धम्की दिईएको छ । यसरी मुलुक चल्छ ? यही आडमा बसेर गलत गर्नेहरुले प्रश्रय पाइरहेका छन् ।
यसरी न्यायिक सर्वोच्चतामाथी हनन भैरहेको छ । त्यसको प्रभाव जनमानसमा परेको छ । जिल्लादेखि केन्द्र तहका न्यायलयहरुमा जनताले न्याय पाईरहेका छैनन् । कुन पार्टीको कार्यकर्ता हो भनेर हेरिन्छ । न्याय निसावमा न्यायलय छैनन्, दुखका साथ भन्नुपर्छ । न्यायलयमाथी बोलेका कारण सजाएँ भोग्नुपर्ने भएकोले सबै कुरा म भन्दिन । कुनैबेला थुनिने मन भए भनौंला । तर न्यायधिशहरुले बुझ्नुपर्दछ कि न्यायलयमा पार्टीको प्रबेश बढेको छ । न्याय अत्यन्त महंगो थियो नै त्यो भन्दा पनि अहिले लोभ र पापले गर्दा न्यायिक स्वतन्त्रतामाथी हनन् भएको छ ।
हिजो पशुपति शर्माको गीतले सत्तापक्षका अनुयायीहरु तर्सिएका छन् । गीत हेरेर सुधारिनुपथ्र्यो । त्यो नगरिकन युट्युवबाट हटाउने र धम्की दिने काम भयो । सरकार दुई तिहाइको आडम्बरमा तल्ला तहका कार्यकर्ता पनि धम्की दिने र जो आफ्नो विरुद्ध लाग्छ त्यसमाथी खनिने कुराहरु कहीँ प्रधानमन्त्रीले दिएको निर्देशनले प्रभाव परेको त होईन ? यही कारण बैचारिक स्वतन्त्रतामाथी पनि हनन् भयो । राजाको शासन हुँदा पनि यति निरंकुश थिएन । स्याल हुईंया गरेर पञ्चेहरु भुकेपनि प्रहार गर्ने अवस्थामा थिएनन् । होईन भने त्यो बेलामा जन्मिएका मदनकृष्ण र हरिबंशहरु सम्मानित कलाकारको रुपमा हुनुहुन्छ । आज अत्यन्त निरंकुश कुराहरु आईरहेका छन् । यसले प्रजातन्त्रको भविष्यमाथी तुषारापात गरेको छ ।
शैक्षिक क्षेत्रमा सुधार आउन सकेको छैन । मैले सुनेको निजी क्षेत्रका कलेजमाथी प्रहार गर्ने काम भएको छ । सरकारले स्तरीय शिक्षा दिन नसक्ने प्राइभेट सेक्टरलाई प्रहार गर्ने क्रम सुरु भएको छ । यसको ज्वलन्त उदाहरण हो, म संलग्न नेपाल इञ्जिनियरिङ कलेज । त्यहाँ मेरै मित्रहरुले सरकारका केही माननीयहरुलाई प्रभावमा पारेर उक्साईरहेका छन् । धेरै पटक समाचार आए । मेरै मित्र हुनुहुन्छ हरि पाण्डे ज्यू, दिपक भट्टराई ज्यू । जवसम्म वहाँले चलाउनुभयो, कलेज घाटामा थियो । मलाई कलेजको शेयर बेच्दा निजी भनेर बेचिएको हो । कलेज ५१ सालमा निजी स्तरबाट सुरु भयो, टियूमा । संयोगले म पियूमा आएँ । पियूमा केही कार्यक्रम थिएन । सरकारले २५ लाख दिएर पियू खोल भनेर पठायो । पोखरा युनिभर्सिटीको कुरा पञ्चायतकालमै भएको हो । मै भएको बेलामा मैले पोखरा विश्वविद्यालयमा कलेजलाई ल्याएँ ।
हरि पाण्डे जी धेरै तर्क वितर्क गर्ने मान्छे हो । सरकार लचिलो भयो हामी नै युनिभर्सिटी खोलौं भन्न लाग्नुभयो । एमालेको शासनकाल थियो, मेरो प्रभावले युनिभर्सिटी खोल्न सकिन्छ भन्नुभयो । गाउँलेले जग्गा दिए । त्यो फाइल लिएर वहाँ जानुभयो । काम गर्न सक्नुभएन । ६० सालमा एनजीओ दर्ता गरियो, १४ बर्षसम्म रिन्यू गरिएन । सिडियो कार्यालयमा रिन्यु नभएपछि खारेजी भएको सुनियो । योगेश भट्टराइ लगायतका साथीहरु पोलिटिकल अखडा बनाउने चक्करमा लाग्नुभयो । मैले घोर प्रतिवाद गरें । तर वहाँले टेर्ने कुरै आएन । किनभने बहुमत थियो, दम्भ पनि छ । त्यसपछि मैले वहाँलाई भने न्यायिक समितिमा गएको छ, तपाईंहरु निर्णय नगर्नुस् भन्दाखेरी जवरजस्ती निर्णय गर्नुभयो ।
त्यही बिषयमा मुद्धा फैसला भो, मुद्धाले निजी कलेज भनेर मुद्धा फैसला गर्यो । त्यसरी यो मुद्धा सर्वोच्चमा पुगेको छ । मुद्धालाई प्रभावित पार्नका लागि दिनदिनै लेखेको लेखै छन् । अहिले एकातिर दुई तिहाइको थ्रेट छ, अर्कोतिर पत्रिकामा आएको आएै छ । यहाँसम्म कि कसले ७८ लाख घुस खुवायो रे । मेरो फोटो टाँसेर आयो । मलाई पनि धेरै फोन आए ।
स्पष्ट कुरा के हो भने, कलेज निजी रुपमा खुलेको हो ०५१ सालमा । टियूकै निरन्तरता हो । नयाँ युनिभर्सिटी खोल्ने निहुँले नयाँ संस्था दर्ता गर्न खोजियाथ्यो । १ बर्षसम्म जग्गा नपाएपछि त्यो तुहियो । तुहिएको मेरो कारणले होईन । हरि पाण्डे, दीपक भट्टराईहरुले नै हो । मलाई शेयर बेच्ने बेलामा मेरो उपस्थिति छैन ।
मेरो थोरै लगानी थियो । तपाईं थोरै लगानी गर्नुभो । बराबर गर्नुपर्यो, सावा ब्याज तिर्नुस् भने । मैले ३ लाख हाल्नु सट्टा २२ लाख हालें । अनि बराबर भयो । ०७१ सालसम्म चलाउनुभयो, घाटा पारेर । शेयर बेच्ने बेला भन्नुभएको चाहीँ एनजिओ दर्ता गर्न खोजिएको भनेर बेच्नुभयो । शेयर बेचेपछि निजी नै मान्नुपर्यो । १७ बर्षमा ३८ करोड ऋण थियो । नयाँ टीमले चलाएपछि त्यो ऋणलाई तिरियो । कलेजमा पैसा मौज्दात भयो । त्यसपछि कलेज वहाँहरुलाई नै चाहियो । आफ्नो क्षमता भएको मान्छेले १७ बर्षमा किन कमाउन सकेन ? १७ बर्षसम्म घाटामा पारेर पार्टीको अखडा बनाउन चाहाने मान्छेहरुले यस्तो कुरा गर्ने ? नढाँटीकन भन्नुपर्दा हरि पाण्डेले सबै नेताहरुको छोराछोरी पढाउने ठेक्का लिनुभएको रहेछ । त्यो मैले गर्न दिईन ।
कसैलाइ गुन लाउनका निमित्त सित्तैमा पढाउँछु भनेर भन्न पाईंदैन । भाइबन्दी गर्न पाईँदैन भनेर मैले भनें । फ्रिमा पढ्ने विद्यार्थीहरु नै हट्तालमा उत्रिने । आफु फि नतिर्ने अरुलाई पनि नतिर भनेर उक्साउने । मैले पठाएका विद्यार्थी फि तिर्थे । नेपाली काँग्रेसले सिफारिस गरेको मान्छे कोही छन् भने पढ्छन् जान्छन्, फि तिर्छन् । झगडा गर्दैनन् । सबैभन्दा बढी झगडा गर्ने कम्युनिष्टका छोराछोरी थिए । मैले त्यो रोकें । त्यसपछि आगो लाग्न सुरु भयो । ब्यक्तिगत सम्पत्ति बाँढ्न पाईन्छ, तर वहाँले आफ्नो सम्पत्ति बाँढ्दा मलाई आपत्ति छैन । तर साझा सम्पत्तिमा आफ्नो हालिमुहाली गर्न पाईन्न भन्ने मेरो विरोध हो । त्यो विरोधका कारणले वहाँहरु कलेजलाई अखडा बनाउन लागिरहनुभएको छ । म मान्छेको नाम लिन्न पछि पर्यो भने नाम सार्वजनिक गरौंला ।
पत्रकार सम्मेलनमा केसीको अभिब्यक्तिको केही अंश