पोखरा महानगरले कर्मचारीका लागि बस चलाउने

पोखरा, साउन १६ ।
पोखरा महानगपालिका कार्यालयले कर्मचारीलाई लक्षित गरेर बस सेवा संचालन गर्ने भएको छ । पोखरा लेखनाथ महानगरपालिका वा अन्तर्गत कार्यरत कर्मचारीको सुविधा, समयमा नियमितता, एकरुपता तथा सुरक्षालाई ध्यानमा राखी आजदेखी सेवा सुरु गरिएको महानगरका प्रमुख प्रशाशकीय अधिकृत शेषनारायण पौडेलले जानकारी दिए ।

वस सेवाको सुविधा जनप्रतिनिधिहरुले पनि सेवा उपयोग गर्न सक्नेछन् । सार्वजनिक विदाको दिन वाहेक हरेक दिन विहान ९.१५ बजे बेगनासताल बाट बस छुट्ने पौडेलको भनाई छ ।
बेगनासतालवाट, तालचोक, पृथ्वीचोक, एयरपोर्ट, बिरौटा, राष्ट्रबैंक चोक, रत्नचोक हुँदै महानगरपालिका कार्यालय न्यूरोडसम्म वसको रुट तय गरिएको छ ।