पोखरामा दुई मोटरसाईकल ठोकिँदा २ चालक घाइते

पोखरा, फागुन १९ ।
पोखरा महानगरपालिका ५ मालेपाटनमा दुईवटा मोटरसाईकल ठोकिँदा २ जना घाइते भएका छन् । ग १३ प १६ र ग ६ प २१७ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किँदा दुवै चालक घाइते भएका हुन् ।

उनीहरुको मेट्रोसिटी अस्पतालमा उपचार भैरहेको छ । घटनाबारे थप अनुसन्धान अघि बढाईएको प्रहरीले जनाएको छ ।