पोखरामा ट्राफिक प्रहरीले हाँकेको ट्रकले विजुलीको पोल भाँचेपछि हंगामा

पोखरा, भदौ २९ ।
पोखराको सिर्जनाचोकबाट सिद्धार्थचोक तर्फ जाँदै गर्दा ट्राफिक प्रहरीले चलाएको मिनि ट्रकले विद्युतको पोलमा ठक्कर दिँदा दुर्घटना भएको छ । ड्यूटिमा खटिएका ट्राफिक सन्तोष चौधरीले चलाएको ग १ ख ८२३४ नम्बरको ट्रकको ठक्करबाट पोल ढलेको हो ।
ठक्करबाट पोल ढलेपछि केही बेर सडक बन्द भयो भने तारहरु लत्रिए पछि दुर्घटनाको समेत जोखिम बढेको थियो । ढलेको पोल पन्छाएर तारहरुलाई तान्ने काम विद्युत प्राधिकरणले गरेको छ ।
ट्राफिकको चेकिङपछि समातिएको ट्रकलाई चौधरीले लैजान लागेका थिए । उनीसँग लाईसेन्स समेत नभएको खुलेको छ ।