पोखरामा एक जोडी मृत फेला

पोखरा, भदौ २५ ।
पोखरामा एक जोडी झुण्डिएको अवस्थामा फेला परेको छ । पोखरा महानगरपालिका १८ को लभ्ली डाँडा स्थित रुखमा झुडिएको अवस्थामा दुईवटा शव भेटिएको प्रहरीले जनाएको छ ।

बैदाम प्रहरी प्रमुख डिएसपी नवीन कार्कीका अनुसार महिला र पुरुष जस्तो आकृति मात्रै देखिएको छ । ‘महिला पुरुषको जोडी जस्तो आकृति मात्रै देखिन्छ । धेरै पहिले झुण्डिएको जस्तो छ, उनले भने–प्रहरीको टोलि खटिईसकेको छ ।’

स्थानीयले देखेपछि प्रहरीलाई खवर गरेका थिए । घटनाबारे अनुसन्धान सुरु भैसकेको प्रहरीले जनाएको छ ।