पोखराबाट चोरको गिरोह पक्राउ

पोखरा, माघ ६ ।
पोखरामा चोरी गर्ने गिरोह पक्राउ परेको छ । विभिन्न ठाउँमा चोरी भएको सूचना पाएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानबाट चोरीका घटनामा संग्लन ब्यक्ति र गिरोहरुलाई पक्राउ गर्न सफल भएको हो ।

शुक्रबार पोखरा ९ पृथ्वीचोकबाट शंकास्पद अवस्थामा हिडिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको कास्की प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा चितवन रापनी नगरपालिका ११ घर भई पोखरा १० घलेचोक बस्ने १९ बर्षिय सुनिल श्रेष्ठ छन् ।

उनलाई पक्राउ गरेर सोधपुछ गर्ने क्रममा पोखराका विभिन्न ठाउँमा डेरा गरि बस्नेहरुलाई पक्राउ गरेको हो । वाग्लुङ जैमिनी नगरपालिका ९ घर भई पोखरा २५ हेमजा बस्ने २७ बर्षको खुमप्रसाद थापा र पोखरा ९ पृथ्वीचोक बस्ने २३ बर्षका गगन खवास पक्राउ परे । उनीहरुले समूहमा मिलेर चोरी गरेका कास्की प्रहरी प्रबक्ता डिएसपी रवीन्द्रमान गुरुङले जानकारी दिए ।

उनीहरुको साथबाट भारतीय र कतारियन नोट सहित, विभिन्न कम्पनिको मोबाईल ४ थान, २ थान घडी, क्यामेरा १ थान, एसडी कार्ड १ थान, सुनौलो रङको धातु १७ टुक्रा, टप २ थान, मुन्द्रा २ थान, झोला २ थान, खुकुरी २ थान, फलामको छिनो १ थान र एउटा ह्यामर बरामद गरेको छ ।