पोखरातर्फ आउँदै गरेको जीप प्रहरी नियन्त्रणमा

पोखरा, भदौ २२ ।
प्रहरीले स्याङजाबाट पोखरातर्फ आउँदै गरेको एउटा भारतीय बोलेरो जिपलाई नियन्त्रणमा लिएको छ । नम्बर प्लेट र कागज पत्र दुवै नभएको भारतीय बोलेरो जिपलाई स्याङजाको गल्याङ नगरपालिका–३ गल्याङ बजारबाट शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको हो ।
गल्याङ बजार क्षेत्रमा चेकजाँचका क्रममा सवारी नम्बर प्लेट र कुनै पनि कागज पत्र नभएको जिप भेटिएपछी नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक नबराज भट्टले बताए ।
नेपालगञ्ज रुपैडिहा नाका हुँदै पोखरातर्फ आउँदै गरेको उक्त जिप र चालक सहित जिपमा सवार ५ जनालाई आवश्यक कारवाहीको लागि रुपन्देही भन्सार पठाइएको प्रहरी उपरीक्षक भट्टले जानकारी दिए ।