पुष्पा मृत्यु प्रकरणः पोखरामा प्रदर्शन
पोखरा, भदौ १३ ।
गत शुक्रबार मृत भेटिएकी पोखरा लामाचौरकी पुष्पा केसी घटनाको छानवीन माग गर्दै पोखरामा बुधबार पनि प्रदर्शन गरिएको छ । विभिन्न राजनीतिक दल निक भ्रातृ संगठन सहित स्थानीयले पनि पुष्पाको हत्या भएको आरोप लगाउँदै दोषी पक्राउ गरी कडा कारबाहीको माग गरेका छन् ।
बुधबार पोखराको मुख्य चोक महेन्द्रपुलमा ३ घण्टासम्म चक्काजाम भयो । केही नयाँ शक्ति निकट विद्यार्थी र स्थानीयहरुले चक्काजाम गरे । अन्य स्थानीयले चाहीँ जिल्ला प्रहरी कार्यालय अगाडी धर्ना कसे । डाक्टरले दिएको रिपोर्ट झुटा भएको र सत्यतथ्य दवाउन खोजिएको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।
मंगलबार पनि नेविसंघ, अखिल क्रान्तिकारी, लगायत विद्यार्थी संगठनहरुले विरोध ¥यालि सहित प्रदर्शन गरेका थिए । स्वतन्त्र रुपमा केही युवाहरुले पनि पोखरामा प्रदर्शन गरिरहेका छन् । पछिल्लो समय महिला हिसां बढेको र शान्ति सुरक्षा कायम हुन नसकेको उनीहरुको गुनासो छ ।
मृत केसी विहिबार विद्यालयबाट फर्किएपछि बेपत्ता थिईन् । एकदिनपछि शव घरभन्दा केही पर भेटिएको थियो । केहीले बलात्कारको आशंका गरेपनि अस्पतालले बलात्कार नभएको पुष्टी गरिसकेको छ ।