पानीले पोखरामा जमिन भासियो, २ घर भत्कियो

पोखरा, साउन ८ ।
पोखराको पुरानो बजार मोहरिया टोलमा रहेको दुईवटा पुराना भवन भत्किएको छ । मंगलबार दिउँसो परेको मुसलधारे पानीले जमिन भासिएपछि पुरानो घर भत्किएको हो ।

घरहरु पूर्णरुपमा क्षति भएको छ । तर मानवीय क्षति भने भएको छैन् । स्थानीयबासिन्दाका अनुसार पानीले जमिन भासिएपछि संगम पार्क नजिकै गुठेबाली मार्ग र अधिकारी टोल जाने बाटो तर्फ जमिन भासिएको हो ।

जमिन भासिँदा माटोको जोडाई भएको पुरानो दुईवटा घर भत्किएर पूर्ण रुपमा क्षतिग्रस्त भएका हुन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता रविन्द्रमान गुरुङले घटनाबारे विवरण मागिरहेको जानकारी दिए । ‘घर भत्किएको खवर पाएका छौं । तर पूरा विवरण आईसकेको छैन, उनले भने–विवरण संकलन गरेर सार्वजनिक गर्छौं ।’

तश्विर-विक्रम बुद्धाचार्यको फेसबुकबाट