पर्यटनमन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकोप्टर दुर्घटना भएको पुष्टी, को को थिए ?

काठमाण्डौं, फागुन १५ ।
ताप्लेजुङमा एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना भएको पुष्टी भएको छ । प्रहरी र विमानस्थल कार्यालयले दुर्घटना भएको पुष्टि गरेको हो ।

ताप्लेजुङको पाथिभरा नजिक भएको एयर डाइनेस्टी हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ६ जना सवार भएको खुलेको छ ।

कलसाइन एएमआई (अल्फा माइक इन्डिया) उक्त हेलिकोप्टर काठमाडौंबाट आज बिहान साढे ८ बजे उडेको थियो । मन्त्री अधिकारीसहितको टोली तेह्रथुमको चुहान डाँडा विमानस्थलको सम्भाव्यता अध्ययन गर्न गएको थियो ।

मन्त्रीसहित हेलिकोप्टरमा पर्यटन व्यवसायी आङछिरङ शेर्पा, प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, अर्जुन गुरुङ लगायत थिए । हेलिकोप्टर प्रभाकर केसीले उडाएका थिए । ठूलो आवाजसहित आगो बलेको सूचना आएपछि प्रहरी र स्थानीयवासी दुर्घटनास्थलतर्फ लागेको ताप्लेजुङका एसपी सञ्जयसिंह थापाले बताए ।