कास्की ३ मा तरुण दलको चियापान, ओलि सरकार ५ बर्ष टिक्दैनः बलायर

पोखरा, कार्तिक ९ ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री विरबहादुर बलायरले यो सरकार ५ बर्षसम्म नटिक्ने टिप्पणी गरेका छन् । अहिलेसम्म कुनैपनि सरकारले यति लामो समय सत्ता नचलाएको भन्दैे उनले अहिलेको सरकारपनि तोकिएको मितिसम्म नरहने बताए । ‘ओलि सरकार ५ बर्षसम्म जान सक्दैन । नेपालमा कुनैपनि सरकार ५ बर्ष चलेको छैन,’ उनले भने, ‘तर बिकल्प खोज्न सकिएको छैन । जनताले काँग्रेसलाई सरकारले गरेका गलत कामको चिरफार गरिदिनुस भनेका छन् । अहिले हामीसँग बिकास मागेका छैनन् । हामीसँग बिकास गर्ने पैसा छैन भन्ने थाहा छ । तर त्यही काम पनि हामीले पूरा गर्न सकेका छैनौं ।’

उनले नेपालको राजनीतिभित्र आर्थिक बिलासिता डरलाग्दो रहेको बताए । पूरा गर्न नसक्ने सपना बाँडेर कम्युनिष्टहरु सत्तामा रहेको भन्दै उनले काँग्रेसले झुटा सपना बेच्न नहुने बलायरको भनाई छ । ‘एकमा एक जोड्दा ५ हुन्छ भन्यो भने नेपाललीले खुशीयालि मनाउछन् । अहिले नेपालको राजनीतिमा त्यसै भैरहेको छ,’ उनी भन्छन्, ‘तर काँग्रेसले गर्न नसक्ने कुरा बोल्दैन ।’ काँग्रेस कार्यकर्तालाई पनि नेताका पछि दौडिनुभन्दा मतदाताका समस्या बुझ्ने र समाधान गर्ने अभियानमा लाग्न उनको आग्रह छ । उपनिर्वाचनमा जसले टिकट पाएपनि एकजुट भएर जिताउन उनले सुझाए । ‘काँग्रेस अप्ठेरोमा छ । जो उम्मेद्वार भएपनि रूख चिन्ह लिएर आयो भने आँखा चिम्लेर साथ दिनुस्,’ उनले अघि भने, ‘यसले नेपालभरी नयाँ सन्देश जान्छ । जीतको बिगुल यहीँबाट फुक्न सकिन्छ ।’

नेपाल तरुण दल कास्की क्षेत्र नम्बर ३ ले आयोजना गरेको चाडपर्वको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई हेमजामा सम्बोधन गर्दै नेता बलायरले राजनीतिक सिद्धान्तबाट विचलित हुनु नहुनेमा जोड दिए । काँग्रेस कास्कीका उपसभापति आईबहादुर गुरुङले उपनिर्वाचनको तयारीमा पार्टी रहेकोले त्यसमा साथ दिन कार्यकर्तासँग आग्रह गरे । राष्ट्रियसभा सदस्य बृन्दा राना सरकारले गरेका गलत कामको चिरफार गर्नकै लागि र आफ्ना एजेण्डा बुझाउनका लागि गाउँगाउँ पस्नुपर्ने बताईन् ।

नेतृ सरस्वती गुरुङले यूवापुस्तामा उर्जा आउने गरी पार्टीले कार्यक्रम बनाउनुपर्नेमा जोड दिईन् । नेतृत्वलाई मात्रै गाली गरेर संगठन सुदृढ नहुने भन्दै उनले आफैबाट सुधार हुनु जरुरी रहेको बताईन् । नेता रामचन्द्र त्रिपाठीले विगतको इतिहास फर्किने जनताका घरमा काँग्रेस पुग्नुपर्ने बताए ।

तरुणदल कास्कीका अध्यक्ष मनोज गुरुङले पार्टीलाई स्थापित बनाईराख्न तरुण दलको भूमीका ठूलो हुने बताए । उनले आफुहरु पार्टी सँगसँगै रहेकोबतााए ।

काँग्रेस कास्की ३ का सभापति पोषनाथ शर्माले लोकतन्त्र विरोधी गतिविधि बढिरहेको भन्दै त्यसका विरुद्ध जुध्नुपर्ने बताए । नेता देवेन्द्रकुमार शेरचनले गुटगत राजनीतिबाट माथी उठेर पार्टीका सही निर्णय तल्ला तहसम्म पु¥याउन सकेमात्रै मजबुत काँग्रेस तयार हुने बताँए ।

अन्नपूर्ण गाउँपालिका अध्यक्ष यूवराज कुवँरले पार्टी केन्द्रदेखि नै सुधारिएर कार्यकर्तामा झर्नुपर्ने बताए । तरुण क्षेत्रीय सदस्य रामप्रसाद अधिकारीले कार्यकर्ताले गरेका काममा पार्टीको चासो कम हुने र साथ सजिलै नपाएको गुनासो पोखे । तरुण दल कास्की ३ का संयोजक विकास गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन जिल्ला सदस्य प्रकाश त्रिपाठीले सञ्चालन गरेका थिए भने जिल्ला सदस्य विरेन्द्र गुरुङले स्वागत गरे । कार्यक्रममा एनआरएनएका अन्तराष्ट्रिय यूवा संयोजक हिमाल गुरुङलाई सम्मान गरिएको थियो ।