कास्कीको ताङतिङका गुरुङले बुझाए अबैध बन्दुक

पोखरा, चैत २३ ।
कास्कीको मादी गाउँपालिका २ का जोकबहादुर गुरुङले आँफुसँग रहेको अवैध हतियार प्रहरीलाई बुझाएका छन् । ८२ बर्षिय गुरुङले भरुवा बन्दुक अस्थायी प्रहरी चौकी सिल्दुजुरेमा बुझाएका हुन् ।

कास्की प्रहरीले अवैध रुपमा राखिएका बन्दुक बुझाउन पटक पटक सुचना निकालेको छ । अझैपनि लुकाई छिपाई धेरैले भरुवा बन्दुक राखेको प्रहरीले जनाएको छ ।