कांग्रेस शीर्ष नेताहरू गुटगत रणनीतिमा व्यस्त

काठमाण्डौं, असार २२ ।
केन्द्रीय समिति बैठकको पूर्वसन्ध्यामा कांग्रेस शीर्ष नेताहरू गुटगत रणनीतिमा व्यस्त भएका छन् । सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल पक्ष एकले अर्कोलाई गलाउने र आफू बलियो बन्ने योजनामा तल्लीन देखिएका हुन् ।

यस क्रममा दुवै पक्षका नेताले शनिबार आफ्ना गुटसँग छलफल गरेका थिए । केन्द्रीय समिति बैठक आइतबार बस्दैछ । पार्टीको प्रादेशिक संरचनादेखि भ्रातृ संगठनका सन्दर्भमा बैठकले निर्णय लिने गरी एजेन्डा तय भएपछि दुवै गुट सक्रिय भएको हो ।

सभापति देउवा निवास बूढानीलकण्ठमा देउवा पक्षीय पदाधिकारीसहित नेताको बैठक बसेको थियो । बैठकमा बोलाइए पनि नेता पौडेल उपस्थित भएनन्। अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।