कप्तानको दुई गोलसँगै साग फुटबलमा नेपाल विजयी सुरुवात

काठमाडौं, मंसिर १७ ।
करिव ५ वर्षपछि दशरथ रंगशालामा फुटबल खेलेको नेपालले भुटानमाथि सहज जित हात पारेको छ ।
१३औं साग अन्तर्गत पुरुष फुुटबलमा नेपालले भुटानलाई ४० गोल अन्तरले हराएको हो । खेलमा नेपालले पाँचौं मिनेटमा नै कप्तान सुजल श्रेष्ठको गोलबाट अग्रता लिएको थियो । बाँकी तीन गोल भने दोस्रो हाफमा मात्र भयो ।
खेलको ५० औं मिनेटमा सुजलले नै व्यक्तिगत दोस्रो गोल गरे । तेस्रो गोल अभिषेक रिजालको नाममा रहृयो । उनले ६६ औं मिनेटमा गोल गरेका हुन् ।
चौथो गोल भने मिक्चेन तामाङकोे नाममा रहृयो । उनले ७७ औं मिनेटमा डिबक्स बाहिरबाट उत्कृष्ट फ्रि किक गोल गरेका थिए ।
(अनलाइनखबरबाट साभार)