अब मुलुकमा राजसंस्था पुनःस्थापना गर्नुपर्छ : राणा

काठमाडौं, साउन २५ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का अध्यक्ष पशुपतिशमशेर राणाले मुलुकमा राजसंस्था पुनःस्थापना हुनुपर्ने बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा उनले नेपालमा राष्ट्रप्रमुखका रुपमा रहेका प्रथम र वर्तमान राष्ट्रपति दुवैको भूमिका निष्पक्ष र स्वतन्त्र हुन नसकेको भन्दै अब राजसंस्था पुनःस्थापना गर्नुपर्ने धारणा राखे ।

उनले अहिलेका राष्ट्रप्रमुखको भूमिका पार्टीभन्दामाथि उठ्न नसकेको जिकिर गरे ।

प्रहरी तालिम केन्द्रको जग्गा पनि सोखका लागि राष्ट्रपति कार्यालयको बनाउने काम गरिएको भन्दै उनले आपत्ति जनाए ।

अध्यक्ष राणाले ८१ प्रतिशत हिन्दूहरु भएको र ९४ प्रतिशत ॐकार परिवार बस्ने मुलुकलाई धर्मनिरपेक्षता बनाएकोमा आक्रोश व्यक्त गरे । (ईमेजखबरबाट साभार)