पोखराका सांसद धम्काएर पैसा असुल्न खोज्नेलाई ५ बर्ष जेल

पोखरा, असोज ३ ।
प्रदेश सांसद बिन्दुकुमार थापा र प्रतिष्ठित व्यवसायी कालु गुरुङलाई धम्क्याएर करोडौं रकम असुल्न प्रयास गर्ने ४ जनालाई जिल्ला अदालत कास्कीले जेल सजाय सुनाएको छ । गएको माघमा पक्राउ परेका ४ मध्ये २ जनालाई ५ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना र २ जनालाई ४ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवानाको फैसला अदालतले सुनाएको ु हो । न्यायाधीश काजीबहादरु राईको इजलासले मुख्य योजनाकार शंकर भन्ने नलबहादरु गुरुङ, विवश थापा भनिने अमृत खड्कालाई ५÷५ वर्ष कैद सजाय सुनाएको श्रेस्तेदार जगन्नाथ पौडेलले बताए ।

यसैगरी उनीहरुलाई सहयोग गर्ने शिव कार्की र राम सुवेदीलाई ४÷४ वर्ष कैद सुनाइएको छ । गत माघमा पक्राउ परेका उनीहरु जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि थुनामा थिए । जिल्ला अदालतका सूचना अधिकारी दुर्गा बहादरु कार्कीका अनुसार उनीहरु चारैजनाविरुद्ध अपहरण तथा शरीर बन्धक उद्योग तथा संगठित अपराधको मुद्दा थियो ।

अपहरण तथा शरीर बन्धक उद्योगमा दाबी ठहरे पनि संगठित अपराध मुद्दामा भने उनीहरुले मुक्ति पाएका छन् । उनीहरुले गत पुसदेखि लगातार १ महिनासम्म सांसद थापा र व्यवसायी गुरुङलाई नेपाल र भारतका मोबाइल नम्बरबाट फोन गरी करोडौं रकम माग गरेका थिए । कुख्यात अपराधी मनोज पुनको ग्याङ हौं भन्दै १ महिनादेखि गुरुङ र थापालाई निरन्तर धम्क्याउँदै आएका उनीहरुलाई कास्की प्रहरीले गएको माघ १८ मा पोखराबाटै पक्रेको हो ।

उक्त गिरोहले कालु गुरुङसँग १० करोड र बिन्दु थापासँग २ करोड रुपैयाँ मागेको थियो । एक महिनाभन्दा बढी समयको अनुसन्धानपछि कास्की प्रहरीको विशेष टोलीले गिरोहलाई नियन्त्रणमा लिन सफल भएको थियो । उनीहरु पक्राउ परेलगत्तै सांसद थापा र व्यवसायी गुरुङले जिल्ला प्रहरी कार्यालय कास्कीमा किटानी जाहेरी दिएका थिए ।

स्याङजा टक्सार स्थायी घर भई पोखरा–१७ बस्ने शंकर भन्ने नलबहादुर गुरुङ स्याङजाकै अमृत खड्का मुख्य योजनाकार हन् । उनीहरु सबै ु पोखरा बस्दै आएका थिए । २८ वर्षीय नलबहादरुले लेकसाइडमा बसेर रकम असुली गर्ने योजना बनाएको बयानका क्रममा स्वीकार गरेका छन् । उनीहरुले एउटा भारतीय र २ नेपाली मोबाइल नम्बरबाट फोन गरेर रकम माग्ने गरेका थिए ।

उनीहरुले त्यतिबेला ३ जनाबाट रकम असुल्ने योजना बनाएका थिए । त्यही अनुसार उनीहरुको मोबाइल नम्बर संकलन गरेका थिए । गुरुङ र थापाबाहेक उनीहरुको लिस्टमा कांगेस ्र कार्यकर्ता एवं व्यवसायी बोधराज कार्कीको पनि नाम थियो । तर कार्कीको मोबाइल नम्बर सही लिन नसक्दा उनीहरुले अर्कै बोधराजलाई फोन गरेर धम्क्याएका थिए ।

मनोज दाइ भारतममा हुनुहुन्छ, यता आउन मिल्दैन । तपाईंबाट २ करोड रुपैयाँ अपेक्षा गर्नु भएको छ भन्दै धम्क्याउँथे,’ सांसद थापाले भनेका थिए ।’ बुटबलमा गत पुसमा बासु पौडेलको हत्या भएलगत्तै फोन गरेर रकम नदिएकै कारण आफैंले हत्या गरेको बताएका थिए ।’ सुरुमा मनोज पुन भन्ने आफ्ना पूराना व्यावसायिक साझेदार ठानेर बेवास्ता गरेकोमा पछि बुटवलमा एमाले नेता दुर्गा तिवारी, वासु पौडेल र काठमाडौंमा निर्माण व्यवसायी शरद गौचनको हत्या गर्ने र गर्न लगाउने मनोज पुन भन्दै नलबहादुर गरुङ टिमले फोनबाट धम्क्याउन थालेपछि प्रहरीमा जाहेरी दिएको सांसद थापाले बताए ।

–पत्रकार भरत कोइरालाले समाधान दैनिकमा खवर लेखेका छन् ।