जन्मदिनमा वृद्धाश्रमलाई खाद्यान्न तथा फलफुल वितरण

पोखरा २६ पुष ।
यहांका एक युवाले आफ्नो जन्मदिनको अवसर वृद्धाश्रममा रहेका वृद्धवृद्धाहरुलाई खाद्यान्न सामाग्री वितरण गरेको छ । पुरानो गांउ भुर्जङखोला भइ हाल पोखरा १६ दिप निवासी वुवा धनराज गुरुङ र आमा प्रतिमा गुरुङको कान्छा छोरा दिक्षन गुरुङले आफ्नो १८ औ जन्मदिनको अवसर पारी पोखरा १४ बाच्छीबुडुवामा रहेको वात्सायन वृद्धाश्रममा रहेका वृद्धवृद्धाहरुलाई खाद्यान्न तथा फलफुल वितरण गरेका हुन ।
कक्षा १२ मा अध्ययनरत दिक्षनले रेष्टुरेण्टमा गएर जन्मदिन मनाएर पैसा खर्च गर्नुभन्दा वृद्धाश्रममा रहेका वृद्धवृद्धाहरुलाई खाद्यान्न तथा फलफुल वितरण गरेर केही पुण्य कमाउने उद्देश्यले आफुले जन्मदिन वृद्धाश्रममा पुगेर आश्रममा आश्रित वृद्धावृद्धाहरु संग वसेर मनाएको र आश्रममा वृद्धाश्रम मनाउदा निकै खुसी लागेको वताए । आगामी दिनमा पनि सामाजिक काममा अगाडि वढ्ने गुरुङले वताए ।
वृद्धाश्रमका कर्मचारी युवराज वाग्लेले पछिल्लो समय युवा युवतीहरुले जन्मदिनको अवसर पारि वृद्धाश्रमहरुमा सहयोग गर्ने क्रम वढेको र सोही अनुरुप दिक्षनलेपनि सहयोग गरेकोमा धन्यवाद ब्यक्त गर्दै आगामी दिनमा पनि सामाजिक काममा अगाडी वढ्न आग्रह गरे । वृद्धाश्रममा हाल विभिन्न जिल्लाका सहाराविहीन २० जना वृद्धवृद्धाहरु आश्रित रहेका छन ।