लान्द्रुक पोखरा समावेसी समाजको भित्तेपात्रो विमोचन

कास्की, बैशाख २० ।

लान्द्रुक पोखरा समावेसी समाजले नयाँ वर्ष २०७६ को भित्तेपात्रो (क्यालेण्डर) बिमोचन तथा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । पोखरा महानगरपालीका वडा १ टुडिखेल स्थीत ईन्द्रणी एकिकृत विकाश केन्द्रमा आयोजित एक कार्यक्रमका बिच अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुवँर, समाजसेवी युवा भरत गुरुङ र समाजका अध्यक्ष गणेश प्रसाद गुरुङल भित्तेपात्रोको बिमोचन गरेका हुन् ।

कार्यक्रममा बोल्दै अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुवँरले शुभकामना व्यक्त गर्दै समाज विकासमा हातेमालो गरेर अगाडी बढ्ने बताए । बिकाश कामहरुमा आफुहरु लागी परिरहेको गाँउपालिकाको पर्यटन प्रवद्धनमा सबै मिलेर अगाडी बढ्नुपर्ने बताए ।

संस्थाका सल्लाहकार चन्द्र बहादुर गुरुङले समाजले नयाँ बर्ष २०७६ को शुभकामना दिदै समाजले रचनात्मक काम गर्नुपर्ने बताए । समाजसेवी युवा भरत गुरुङले देश बिकाशमा युवाको मुख्य भुमिका हुने हुदाँ समाजले गर्ने कार्यमा युवालाई समेटेर काम गर्न सुझाव दिदै नयाँ बर्षको शुभकामना दिएका थिए । कार्यक्रममा प्रेम बहादुर गुरुङले पनि शुभकामना मन्तब्य राखेका थिए ।

कार्यक्रम संयोजक राम गुरुङको स्वागत, प्रचारप्रसार संयोजक रविन्द्र पौडेल (विजुली)को धन्यवाद मन्तब्य रहेको कार्यक्रम श्याम लामिछानेको सञ्चालनले गरेका थिए ।