BREAKING-मोष्ट वान्टेड गुन्डा नाइके मनोज पुन प्रहरी इन्काउन्टरमा मारिए

रुपन्देही, फागुन ९ ।
मोष्ट वान्टेड गुन्डा नाइके मनोज पुन प्रहरी इन्काउन्टरमा मारिएका छन् । बुधबार बिहान रुपन्देहीको देवदहमा प्रहरीको गोलीबाट उनी मारिएका हुन् । पक्राउ गर्न खोज्ने क्रममा भाग्न खोजेपछि जवाफी कारबाहीमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । पुनका प्रमुख सहयोगी सोम आले पनि सोही घटनामा मारिएका छन् । प्रहरीलाई नै आक्रमण गरेर भाग्न खोजेपछि गोली चलाइएको रुपन्देहीका एसपी श्याम ज्ञवालीले बताए । रुपन्देहीको देवहद नगरपालिका ४ भवानीपुरमा प्रहरीसँग जम्काभेट हुँदा आक्रमण गरी भाग्न खोजेको एसपी ज्ञवालीले बताए । एसपी ज्ञवालीले भने घटनास्थलमा घाइते भएका उनलाई उपचारका लागि लुम्बिनी अञ्चल अस्पतालमा लगिएक थियो, त्यहाँ उनको मृत्यु भयो। पुन विगत ३ वर्षदेखि मोष्ट वान्टेड दिए ।
गत वर्ष उनले देवदहमा युवा संघका नेता दुर्गा तिवारीको हत्या गरेका थिए । गत असोजमा काठमाडौंमा भएको शरद कुमार गौचनको हत्यामा पनि उनको शंलग्नता रहेको प्रहरीले जनाएको छ । गत पुस २२ गते उनले देवदहमा बसन्त पौडेलको हत्या गराएका थिए । व्यापारीहरुको हत्या गर्ने र फिरौती असुल्ने धन्दा उनले चलाउदै आएका थिए । आतंकमा पर्याय बन्दै आएका पुनलाई पक्राउ गर्न एक वर्ष पहिलेदेखि प्रहरी टोली सक्रिय थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)ले बिशेष टिम बनाएर पुनको समूहलाई खोजी गर्दै आएको थियो । इन्काउन्टर सिआईबीको नेतृत्वमा भएको स्रोत बताउँछ ।