Breaking! पोखरामा ट्रिपर ठक्करले २ को मृत्यु

पोखरा, चैत २० ।
पोखरा बागलुङ राजमार्गअन्तर्गत हेमजाको तिब्बतीयन क्याम्प नजिक ट्रिपर ठक्करबाट स्कूटरमा सवार २ जनाको मृत्यु भएको छ । हेमजाबाट पोखराका लागि छुटेको ग१क २३३४ नम्बरको ट्रिपरले मंगलबार साँझ ७ बजे विपरीत दिशाबाट आएको ग१३प ३६३६ नम्बरको स्कुटरलाई ठक्कर दिँदा घाइते हेमजाका वर्ष १८ का रोशन केसी र वर्ष २२ का शंकर कुँवरको उपचारक्रममा मृत्यु भएको हो ।
केसीको गण्डकी अस्पतालमा र कुँवरको फिस्टेल अस्पतालमा उपचारक्रममा मृत्यु भएको कास्की प्रहरीले जनाएको छ । ट्रिपर र पोखरा २० बस्ने वर्ष ३३ का चालक अर्जुन भुजेल प्रहरी नियन्त्रणमा छन् ।