Breaking-पोखराको सभागृहचोकमा शंकास्पद बस्तु भेटियाे, सुरक्षा ब्यवस्था कडा

पोखरा, फागुन ३० ।
पोखराको सभागृहचोकमा श‌ंकास्पद बस्तु भेटिएको छ । सभागृहचोकमा रहेको ट्राफिक डोममा शंकास्पद बस्तु राखिएकाे हो । उक्त बस्तु सेनाको डिस्पोजल टोलिले डिस्पोज गरेकाे छ ।

यतिबेला सभागृह चोकमा मान्छेहरुको भीड छ । पृथ्वीचोकदेखि अगाडी नजान प्रहरीले आग्रह गरेको छ । त्यस क्षेत्रमा प्रहरी सुरक्षा बढाईएको छ । थप विवरण आउन बाँकी ।

Photo-Sudarshan Ranjit