पोखरामा कपाल काटे सय, दाह्री काटे ८० रुपैयाँ

पोखरा, असोज २ ।
कास्कीमा रहेका हेयर शैलुनबाट दिने सेवा शुल्कमा बृद्धि भएको छ । नेपाल नाई संघ कास्कीको मंगलबार बसेको बैठकले नयाँ दर लागू गर्ने निर्णय पठाएको हो ।

योसँगै अव कपाल काटेको १ सय रुपैयाँ बुझाउनुपर्ने छ । नाई संघले जारी गरेको मूल्य सूचीमा दाह्री काटेको ८०, कपाल कालो गरेको २ सय ५०, टाउको मसाज गरेको १ सय, फेस मसाजको २ सय ५०, हेयर आइरन गरेको ४ सय रुपैयाँ निर्धारण गरिएको नाई संघका अध्यक्ष विगुलाल ठाकुरले जानकारी दिए ।

संघले आवश्यकता अनुसार होम सर्भिस, फेसियल, कपाल रातो, स्पेसल दाह्री तथा अन्य सेवामा समयानुकुल मूल्य बृद्धि गरिएको जनाएको छ । कास्कीमा सेवा दिने करिव १ सय ५० शैलुनमा सञ्चालित छन् ।