प्रदेश र स्थानीय तहका पदाधिकारीले विदेशी अधिकारीसँग सिधै भेट्न नपाउने

काठमाण्डौं, चैत ९ ।
परराष्ट्र मन्त्रालयले प्रदेश र स्थानीय तहका पदाधिकारीलाई कूटनीतिक नियोगका अधिकारीलाई सिधै भेट गर्न रोक लगाउने निर्णय गरेको छ । पछिल्ला दिनमा विदेशी कूटनीतिक व्यक्तिलाई प्रदेशका मुख्यमन्त्री र मेयरले भेट्ने तर त्यसको जानकारी केन्द्र सरकारलाई नभएपछि मन्त्रालयले यस्तो निर्णय गरेको हो ।
परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले मन्त्रालयका उच्च अधिकारीहरुसँग छलफल गरेपछि मन्त्रालयले प्रदेश, स्थानीय तह र नेपालस्थित कूटनीतिक तथा विकास साझेदार एजेन्सीहरुलाई भियना सन्धि पालना गर्न नोट पठाएको छ । संविधान अनुसार विदेश नीतिको सञ्चालन केन्द्र सरकारले मात्र गर्न पाउँछ ।