९ लाख घुससहित पोखराबाट सडकका हाकिम सहित ३ जना पक्राउ

पोखरा, साउन २३ ।
ठूलो रकम घुस सहित पोखराबाट ३ जना पक्राउ परेका छन् । सडक डिभिजन कार्यालय पोखरामा कार्यरत कार्यालय प्रमुख हरिकुमार पोख्रेल र कार्यालयकै इन्जिनियर पवित्रमणी आचार्यलाई अख्तियार कार्यालय पोखराले ९ लाख घुस रकम सहित रंगेहात पक्राउ गरिएको छ ।

उनीहरुसँगै ठेकेदार ऋषि गौतम पनि पक्राउ परेका छन्् । गौतमले रकम दिँदा दिँदै उनीहरु पक्राउ परेका हुन् । बिहीबार सांझ प्रमुख पोख्रेलकै निवासबाट उनीहरुलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

स्रोतका अनुसार सडक डिभिजन कार्यालय पोखरा अन्तर्गत सडक निर्माणको ठेक्का मिलाइदिने भनी ठेकेदार ऋषि गौतम रकम बुझेका थिए ।