५९ हजार घुससहित मालपोतका अधिकृत पोखराबाट रंगेहात पक्राउ

पोखरा, भदौ ३ ।
५९ हजार घुससहित मालपोत कार्यालय कास्कीका अधिकृत रंगेहात पक्राउ परेका छन् । अख्तियार पोखराको टोलिले मालपोत अधिकृत अविनाश कुवँरलाई सोनी मम मुस्ताङचोकबाट पक्राउ गरेको हो । जग्गा पास गर्दा कर घटाईदिने भन्दै उनले सेवाग्राहीसँग घुस मागेका थिए ।

‘सेवाग्राहीसँग केही दिनदेखि घुस लिने नियतमा कागजपत्र भएपनि काम रोकिदिएको देखियो । सेवाग्राहीले केन्द्रीय कार्यालयमा सूचना गर्नुभएछ,’ अख्तियार पोखराका सूचना अधिकारी मेघनाथ रिजालले भने, ‘त्यसपछि हामी गएर हेर्दा त्यस्तो ब्यवहार देखियो । काम सकेर कार्यालयबाट निस्किएपछि वहाँलाई पक्राउ गरिएको हो ।’