५० हजार घुससहित कास्की मालपोतबाट दुई कर्मचारी पक्राउ

पोखरा, असोज २३ ।
मालपोत कार्यालय कास्कीमा कार्यरत दुई कर्मचारी ५० हजार घुससहित रंगेहात पक्राउ परेका छन् । अधिकृत ख्याम नारायण पौडेल र खरिदार सञ्जय शर्मालाई घुससहित अख्तियार कार्यालय पोखराले पक्राउ गरेको हो । उनीहरु दुवैजनालाई जिल्ला प्रहरी कार्यालय कास्कीमा राखिएको छ ।

अख्तियार प्रमुखले भ्रष्ट कर्मचारीलाई कारबाही गर्दा मालपोत र नापी कार्यालय खाली हुने बताएका थिए । आजै त्यसको खण्डन गर्दै भूमी व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्या अर्यालले कार्यालय खाली भए नयाँ पदपुर्ति गर्ने चेतावनी दिएकी थिईन् । संयोग नै मान्नुपर्छ अख्तियार प्रमुख र मन्त्रीको दोहोरि चलेकै दिन कास्की मालपोतबाट कर्मचारी घुससहित पक्राउ परेका छन् ।