३ दिने बालविकास सहजकर्ता तालिम सम्पन्न

पोखरा, वैशाख १४ ।

गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा नौलो घुम्ती नेपालको आयोजनामा ३ दिने प्रारम्भिक बालविकास सहजकर्ता तालिम सम्पन्न भएको छ । नौलो घुम्ती नेपालको कार्यक्षेत्रमा रहेका १९ सामुदायिक विद्यालयका सहजकर्ताहरुलाई उक्त तालिम प्रदान गरिएको हो ।

तालिमको मुख्य उदेश्य बाल विकास केन्द्रका सहजकर्ताहरुका लागि स्थानिय स्तरमा रहेका सामग्रीहरुको उपयोग गरी कक्षा कोठाका लागि आवश्यक शैक्षिक सामग्री निर्माण, बाल मनोविज्ञान, सहजकर्ताका काम, कर्तव्यका विषयमा केन्द्रित रहेको थियो । तालिमको समापन कार्यक्रममा बोल्दै गुड नेवर्स इन्टरनेशनल जिल्ला कार्यालय कास्कीका जिल्ला संयोजक टुपेन्द्र बस्नेतले तालिम पश्चात सम्वन्धित बाल विकास केन्द्रले एक नमुना बाल विकास केन्द्र बनाउनका लागि सहभागीलाई उत्प्रेरणा दिएका थिए ।

नौलो घुम्ती नेपालका कार्यकारी निर्देशक राम शरण शेढाईले सहभागिहरुकोे सक्रिय सहभागिताका लागि धन्यवाद ज्ञापन गर्दै तालिमको वास्वविक औचित्य आफ्नो कार्यक्षेत्रमा कार्यान्वयन भए पश्चात मात्रै तालिमको उदेश्य पुरा हुने कुरामा जोड दिए । मंगलबारदेखि विहिबारसम्म संचालित तालिममा सेतो गुँरास बालविकास केन्द्र तनहुँका प्रशिक्षक द्धय सरिता भण्डारी र सीता पण्डितले सहजिकरण गरेका थिए भने संचालन नौलो घुम्ती नेपालका शिक्षा विकास अधिकृत महेश विश्वकर्माले गरेका थिए ।