२८ स्वर्णसहित नेपाल शीर्ष स्थानमा कायमै

 

काठमाडौं, मंसिर १८ ।

१३औं दक्षिण एसियाली खेलकुद (साग)को पदकतालिकामा नेपालको अग्रता कायमै छ ।

नेपालले बुधबार साइक्लिङमा दुई तथा कराते, तेक्वान्दो र उसुमा एकरएकओटा स्वर्णपदक जितेको छ ।

योसमेत पदकतालिकाको अग्रस्थानमा रहेको नेपालले अहिलेसम्म २८ ओटा स्वर्ण पदक जितेको छ ।

२५ स्वर्ण पदकसहित भारत दोस्रो स्थानमा रहँदा ७र७ ओटा स्वर्णपदक जितेका श्रीलंका र पाकिस्तान क्रमशः तेस्रो तथा चौथो स्थानमा छन् ।

पाँचौं स्थानको बंगलादेशको ४ स्वर्ण छ भने माल्दिभ्सको एउटा स्वर्णपदक छ ।

पुछारको भुटानको तीन कास्यपदकमात्र छ । (ईमेजखबरबाट साभार)