२१ औं पोखरा सडक महोत्सवको संयोजकमा बराल

 

पोखरा, कार्तिक १ ।

रेवान पोखराले आयोजना गर्दै आएको सडक महोत्सव सम्पन्न गर्न संयोजक चयन गरेको छ । २१ औं पोखरा सडक महोत्सव सम्पन्न गर्न रेवानले रेवान पोखराका उपाध्यक्ष लक्ष्मण बराललाई संयोजक र सहसंयोजकमा कार्यसमिति सदस्य नरेश भट्टराई र वसन्त गौतमलाई चयन गरेको छ ।

रेवान पोखराको बैठकले संयोजक चयन गरेको हो । रेवान पोखराको संरक्षकमा पुर्व अध्यक्ष गणेण वहादुर भट्टराईलाई चयन गरेको छ । अग्रेजी नयाँ वर्षको अवसरमा पोखरामा रेष्टुरेण्ट एन्ड बार एशोसियसन नेपाल रेवान पोखराले आन्तरीक तथा विदेशी पर्यटकलाई पोखरा ल्याउन सडक महोत्सवको आयोजना गर्दै आएको छ ।

लोपोन्मुख भेषभूषा, कला, सँस्कृति, ग्रामीण भेगमा उत्पादित घरेलु सामग्रीहरुको संरक्षण, प्रवद्र्धन र पोखरालाई अंगेजी नयाँ वर्षको गन्तब्य स्थलको रुपमा विकास गर्ने उद्देश्यले विगत २० वर्ष देखि सडक महोत्सव हुँदै आएको छ ।

पुष १२ देखि १६ गतेसम्म हुने महोत्सवमा पोखराको सेरोफेरो, देश तथा विदेशका विविध संस्कृतीको परिचय गराउँदै त्यसको संरक्षणमा मत्वपुर्ण योग्दान दिदै आएको रेवानको दावी छ ।

महोत्सव पोखराको मुख्य पर्यटकीय स्थल शहिद चोक देखि खहरे– डिहिकोपाटन सम्मको करिब साढे ३ किमि क्षेत्रमा आयोजना गरिँदै आएको छ ।