२० वर्षका यूवाले ४० वर्षिया महिलालाई जवरजस्ती गरेपछि……

पोखरा, असोज १५ ।
गोरखाको पालुंटार नगरपालिका ९ चालिसेडाँडाका २० वर्षका एक यूवाले ४० वर्षिय महिलालाई जबरजस्तीकरणी गरेको अभियोगमा मुद्धा दर्ता भएको छ । गत ११ गते विहान साँढे एघार बजे जबरजस्ती करणी गरेको उजुरी परेको हो ।

उजुरीपछि प्रहरीले २० वर्षका दिनेश परियारलाई पक्राउ गरी मुद्धा दर्ता गरेको छ । उनलाई जवरजस्ती करणी मुद्धामा अनुसन्धान अघि बढाईएको डिएसपी महेन्द्र नेपालले जानकारी दिए ।