१३ औ साग गेम महिला फुटवल सफल पार्न एन्फाको उपाध्यक्ष थापाको नेतृत्वमा १५ उपसमिती गठन

पोखरा  मंसिर  ७। १३ औ दक्षिण एशियाली खेलकुद साग प्रतियोगिता अन्तर्गत पोखरा रंगशालामा आयोजना हुने महिला फुटवललाई भब्य र सभ्य बनाउनका लागी अखिल नेपाल फुटवल संघ एन्फाका उपाध्यक्ष कृष्ण थापाको संयोजकत्वमा विभिन्न १५ वटा उपसमितीहरु निर्माण गरिएको छ । आगामी मंसिरको १७ देखी २४ सम्म पोखरा रंगशालामा हुने महिला फुटवल प्रतियोगितालाई भब्यताका साथ सफल बनाउन उक्त समिती निर्माण गरिएको हो ।

जसमा सुरक्षा संयोजकमा एन्फा गण्डकीका अध्यक्ष धरम सिंह लामिछाने, सुरक्षा ब्यवस्थापन सह संयोजकमा लक्षु भण्डारी, निरीक्षण ब्यवस्थापनमा एन्फा कास्की अध्यक्ष मिलन गुरुङ र राजेन्द्र तामाङ, प्राथमिक उपचार स्वास्थ्य ब्यवस्थापनमा सुक गुरुङ र मनोज कार्की, खेलाडी तथा टीम ब्यवस्थापनमा एल बी ज्वार्चन, हिटलर घले र सुधीरजंग थापा, अतिथी सत्कारमा मदन केसी, जलपान ब्यवस्थापनमा सीता गुरुङ, भक्ति गुरुङ र राधा गुरुङ, रेफ्री ब्यवस्थापनमा आनन्द रन्जित र ईश्वर गुरुङ (चन्द्र), प्रचार प्रसार उपसमितीमा एम बी आस्था, गिता राना र शम्भु केसी, सचिवालय ब्यवस्थापनमा रमेश कार्की, प्रीतम गुरुङ, आशिषमान सिंह भण्डारी, महेन्द्र सिंह थापा, गोविन्द पौडेल, शंकर थापा, लक्ष्मण रोकाहा र नरेश सिरश रहेका छन ।

त्यसैगरी मञ्च ब्यवस्थापन उपसमितीमा जगत थापा, सचिन थापा, अञ्जन देवकोटा र पुष्प बराल, स्वयंसेवक परिचालनमा नर बहादुर गुरुङ, सुमन गुरुङ, नरेश गुरुङ र इन्द्र कुवर, साउण्ड सिस्टम ब्यवस्थापनमा राजेन्द्र गिरी, दीपक न्यौपाने, शुभाष गुरुङ, सुरेश जंग जिसी,गंगा थापा र प्रकाश थापा, खेल मैदान ब्यवस्थापनमा विश्व ताण्डुकार, हरि खड्का, सुरेन्द्र गुरुङ, जीवन गुरुङ, मदन थापा, सुविन श्रेष्ठ र पदम गुरुङ रहेका छन । मंसिरको १७ देखी २४ सम्म पोखरा रंगशालामा हुने महिला फुटवल प्रतियोगितामा नेपाल, भारत, माल्दिभ्स र श्रीलङकाकाको सहभागीता रहने छ ।