१३ औं दक्षिण एसियाली खेलकुदः तेक्वान्दोकी आयशाले दिलाइन् नवौं स्वर्ण

 

काठमाडौं, मंसिर १६ ।

१३ औं दक्षिण एसियाली खेलकुद सागमा नेपालले अहिलेसम्म नौं वटा स्वर्ण पदक जितेको छ ।

नेपाललाई नवौं स्वर्ण पदक तेक्वान्दोले दिलाएको हो । तेक्वान्दोकी आयशा शाक्यले नवौं स्वर्ण दिलाएकी हुन् ।

आयशाले तेक्वान्दोको पुम्सेमा स्वर्ण पदक जितेकी हुन् ।

३० वर्षमाथि प्रतिस्पर्धा गरेकी उनले ७.०४० अंकका साथ स्वर्ण पदक जितेकी हुन् । भारतकी खेलाडी दोस्रो र श्रीलंकाकी खेलाडी तेस्रो भएका छन् ।

नेपालले तेक्वान्दोमा योस्ँगै चार वटा स्वर्णपदक जितेको छ । यसअघि सिना मादेन लिम्बु, कमल श्रेष्ठ र पार्वती गुरुङ्गले पनि स्वर्णपदक दिलाएका छन् ।
(ईमेजखबरबाट साभार)