१३ औँ साग (अपडेट) : नेपालले जित्यो १४ स्वर्ण, पदकतालिकामा नेपाल शीर्ष स्थानमा

 

काठमाडौं, मंसिर १६ ।

१३औं दक्षिण एसियाली खेलकुद (साग)को पदकतालिकामा नेपाल शीर्ष स्थानमा रहेको छ ।

नेपालले हालसम्म १४ स्वर्णपदक जितेको छ । नेपालले करातेमा ७, तेक्वान्दोमा ६ तथा ट्रायथलनमा १ स्वर्णपदक जितेको छ ।

नेपालले तीनओटा रजतपदक पनि हासिल गरेको छ ।

त्यसैगरी, भारतले ट्रायथलनमा, पाकिस्तानले कराँतेमा, श्रीलंकाले तेक्वान्दोमा र बंगलादेशले तेक्वान्दोमा एकरएक स्वर्णपदक जितेका छन् ।