१० हजार घुससहित नासु पक्राउ

काठमाण्डौं, फागुन १९ ।
सेवाग्राहीसँग घुस लिएको आरोपमा महोत्तरीको मालपोत कार्यालयका नायब सुब्बा ढक बहादुर कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।

कार्कीले जग्गा नामसारी गर्न सर्ज्मिन मुचुल्का गरेबापत् सेवाग्राहीसँग १० हजार घुस लिएका थिए ।

सोही उजुरीको आधारमा सूचनाको आयोगको महोत्तरीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । कार्कीविरुद्ध विशेष अदालत काठमाडौंमा आरोप(पत्र दायर गरिएको छ ।