होली खेल्दा घरको छतबाट खसेर १ जनाको मृत्यु

पोखरा, फागुन १७ ।
पोखरामा होली खेल्नेक्रममा घरको छतबाट खस्दा एक बालक ज्यान गएको छ । पोखरा लेखनाथ महानगरपालिका २ विन्ध्यवासिनीका ११ बर्षिय आविस्कार रेग्मी घरको छतबाट खस्दा ज्यान गएको हो ।
उनको पोखराको फिस्टेल हस्पिटलमा उपचारका क्रममा ज्यान गएको कास्कीका प्रहरी प्रवक्ता खड्क बहादुर खत्रीले जानकारी दिए । होली खेल्ने क्रममा आफ्नै घरको दुई तला माथीबाट खस्दा रेग्मीको टाउकोमा चोट लागेको थियो ।