होलीमा २५ युवती पक्राउ

काठमाण्डौं, फागुन १७ ।
होली मनाउने क्रममा उच्छृखंल गतिविधि गर्ने २५ युवतिलाई काठमाण्डौं प्रहरीले पक्राउ गरेको छ । होलीमा गलत मनसायले उछृखंल ब्यवहार देखाउने उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलका अनुसार २५ युवतीसहित ४ सय २५ जनालाई पक्राउ गरिएको हो । उनीहरुमाथि छानबिन भइरहेको प्रहरीले जनाएको छ ।