होमस्टेलाई परियोजनाका रुपमा लैजान चाहन्छौँ : मुख्यमन्त्री गुरुङ

 

नवलपुर, कार्तिक १ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सरकारले होमेस्टेलाई परियोजना रुपमा विस्तार गर्न चाहेको बताएका छन् । तुलानात्मक रुपमा राम्रो काम गरेका होमेस्टे छनोट गरेर ती हामेस्टेलाई थप कार्यक्रमहरु दिइने मुख्यमन्त्रीको भनाई छ ।

नवलपुर जिल्लाको चिलाहा रतवल सामुदायिक ग्रामिण होमस्टेको विहिबार उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले यो बर्ष प्रदेशका २५ वटा उत्कृष्ट होमस्टे छनोट गरेर कृषि अर्गानिक गाउको रुपमा विकसित गरेको अवधारणा रहेको बताए । उनले ती गाउंहरुका लागि आवश्यक खाद्यपदार्थ ती गाउले नै उत्पादन गर्ने सक्ने क्षमता विकास गराउन यो अवधारणा अगाडि सारिएको बताए । यसरी कृषिको उत्पादनको क्षेत्र, संस्कृतिको संरक्षणको क्षेत्र, आर्थिक उपार्जन गर्ने क्षेत्र र सामुदायिक वाताबवण संरक्षणको केन्द्र पनि होमेस्टे बन्ने लक्ष्य राखिएको बताए ।

प्रदेश सरकारले सुरु गरेको जलबायुमैत्री नमुना मुख्यमन्त्री कृषि गाउँ र होमेस्टलाई निकट भविष्यमा जोडेर पनि होमस्टे अवधारणा अगाडि बढाउन सकिने विकल्प आफुहरुसंग रहेको उनले बताए । होमस्टे कार्यक्रमले प्रदेशको गरिवी निवारणमा महत्वपुर्ण भुमिका खेलेको दृष्टान्त दिँदै मुख्यमन्त्री गुरुङले जनताले इलम गर्ने इच्छा राखे सहयोगी बन्न प्रदेश सरकार तयार रहेको बताए । प्रदेश सरकारले आगामी ५ बर्ष भित्र गिरिवी रेखामुखि रहेको १४ प्रतिशत जनतालाई ७ प्रतिशतमा झार्ने लक्ष्यलाई होमस्टे कार्यक्रमले सहयोग मिल्ने पनि मुख्यमन्त्रीको आशय थियो ।

कार्यक्रममा बोल्दै उद्योग, पर्यटन बन तथा वातावरण मन्त्री विकास लम्सालले गत बर्ष प्रदेश सरकारले सञ्चालन गरेको होमस्टे अनुदान कार्यक्रम सफल भएको दावी गर्दै यस्तै कार्यक्रमहरु अझ विस्तारको क्रममा आफुहरु रहेको जानकारी दिए ।

नवलपुरका संघीय सांसद तिलक महतले कम्युनिष्टले सरकारका कारण देशमा विकासको मुल फुटीरहेको दावी गर्दै विपक्षीले भ्रम छर्ने काम गर्दैमा जनताले नपत्याउनले दावी गरे ।

प्रदेश सांसद रोशन गाहा मगरले नवलपुर क्षेत्रको पर्यटनको संभावना अब तीन तहको सरकार मिलेर खोलिने दावी गरे । कार्यक्रममा प्रदेश सांसदहरु ओम कला गौतम र जनक लाल श्रेष्ठ लागायतले बोल्दै होमस्टे कार्यक्रम सफल बनाउन आफुहरुको सहयोग हुने बताए ।

होमस्टेमा बास बसे मुख्यमन्त्री

चिलाहा रतवल होमस्टेको पहिलो पहुना बनेर मुख्यमन्त्री पृथ्वीसुब्बा गुरङ विहिबार बास बसे । धर्मपत्नी कुमारी मुनि गुरुङसंग मुख्यमन्त्री गुरुङ होमस्टे नम्बर ८ मा बसेका थिए । मुख्यमन्त्रीसंगै उद्योग, पर्यटन, वन तथा वातारवरण मन्त्री विकास लम्साल र प्रदेश सांसद रोशन गाहा मगर पनि होमस्टेमा बास बसेका थिए । मुख्यमन्त्री र मन्त्रीहरुलाई स्थानीय थारुको स्थानीय परिकारहरु घोँघी, चिच्चर, हाँसको परिकार खुवाएका थिए ।