हेटौंडामा मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

हेटौंडा, पुस २२ गते । मकवानपुरको हेटौँडामा मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । अर्का एकजना घाईते भएका छन् । आज दिउंसो हेटौँडाबाट मनहरीतर्फ जाँदै गरेको ना ६ ख १३१ नम्बरको ट्रक र विपरीत दिशाबाट आईरहेको ना २७ प ४९९ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खांदा मोटरसाईकल चालक हेटौँडा ४ स्कुलरोड निवासी आशिष मानन्धरको मृत्यु भएको हो । ट्रकको ठक्करबाट गम्भिर घाईते भएका मानन्धरको चुरेहिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मोटरसाइकलको पछाडी सबार हेटौँडा ४ का सौगात थापाको चुरेहिल अस्पतालमै उपचार भईरहेको प्रहरीले जनाएको छ । तिब्रगतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।