हेटौंडामा आजदेखि खेलकुद तथा व्यापार महोत्सव

हेटौंडा, पुस ७ ।

हेटौंडामा आजदेखि खेलकुद तथा ब्यापार मेला सुरु हुँदैछ । हेटौंडा गोल्डकप फुटबल प्रतियोगितालाई निरन्तरता दिने उद्देश्यसहित सुमन वोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनामा महोत्सव हुन लागेको हो । कार्यक्रम हेटौंडा–१० स्थित टीसीएन मैदान ९आँखा अस्पताल पछाडी०मा हुँदैछ । महोत्सवको उद्घाटन मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
आयोजकले पत्रकार सम्मेलनको आयोजना गरी तयारी पूरा भएको बताएको हो । हेटौंडा गोल्डकपको लागि आर्थिक जोहो गर्ने उद्देश्यले मेला गर्न लागिएको जानकारी दिए । प्रतिष्ठानका महासचिव सविन न्यौपानेका अनुसार महोत्सवमा खाना, लत्ताकपडा, खेलकुदका सामग्रीलगायतको गरी ३ सय १४ वटा स्टल रहने छ । महोत्सव अवधिभर ४ वटा खेल हुनेछ । अञ्चलस्तरीय कराँते प्रतियोगिता,उसुको प्रदर्शनी, जिल्ला स्तरीय बक्सिङ र जिल्लास्तरीय कबड्डी हुनेछ । औद्योगिक शान्ति नेपाल संस्थासंगको सहकार्यमा प्रतिष्ठानले हेटौंडामा खेलकुद तथा व्यापार महोत्सवमा यो बर्ष बाल उद्यानमा नयाँ खेल समेत समावेश गरिएको बताइएको छ ।