हेटौँडामा श्रीमानद्वारा श्रीमतीको हत्या

हेटौँडा, पुस २२ । मकवानपुरको हेटौँडामा एक श्रीमानद्धारा श्रीमतीको हत्या भएको छ । आज बिहानै हेटौडा उपमहानगरपालिका वडा नम्बर ४ कर्रा निवासी ६३ बर्षीय रामबहादुर लामाले आफ्नी ४२ बर्षीय श्रीमती मीनाको धारिलो हतियार प्रहार गरि हत्या गरेका हुन् ।
हत्या गरि फरार रहेका लामाकोे खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिलिपराज झाले बताए । मृतक लामाको टाउकोमा चोट लागेको छ । झाका अनुसार चालक पेशा गर्ने लामाले मापसे गरेर दैनिक श्रीमतीलाई कुट्ने गरेका थिए । सोही कारण उनले श्रीमतीको हत्या गरेको हुनसक्ने प्रारम्भिक अनुमान छ ।
मृतक लामाको दुई वटा सन्तान रहेका छन् ।