हिमाली क्षेत्रमा आर्थिक वर्ष फेरौं : सांसद् विष्ट

पोखरा, ५ असार ।
गण्डकी प्रदेश सभा सदस्य ईन्द्रधारा विष्टले हिमाली क्षेत्रमा आर्थिक वर्ष कार्तिक मसान्त लाई बनाईनुपर्ने वताएका छन । गण्डकी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री किरण गुरुङले आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तुत गरेको बजेट माथिको छलफल कार्यक्रममा वोल्दै हिमाली जिल्ला मुस्ताङ बाट प्रतिनिधित्व गर्ने सांसद विष्टले हिमालि क्षेत्रमा आर्थिक वर्षको सुरु र अन्त्य असार मसान्तमा नभै कार्तिक मसान्तमा हुनुपर्नेमा जोड दिएका हुन ।

सदनमा वोल्दै विष्टले हिमालि जिल्लामा हिउदको कार्तिक देखि फागुनको चार महिनामा भारि हिमपात हुने भएकोले बिकास निर्माणको कामसँगै दैनिक जीवनयापन समेत ठप्प हुने बताए । हिउँदमा भारी हिमपातका कारण जनजीवन ठप्प हुने र असार महिनामा बल्ल कामहरु भईरहने भयकाले असार मसान्तमा काम पूरा हुन नसक्ने उल्लेख गरे । सांसद् विष्टले असारमा नभई कार्तिकमा मात्रै आर्थिक वर्षको काम सकिने वताउदै आर्थिक वर्ष कार्तिकमा हुनुपर्नेमा जोड दिएका हुन ।

आर्थिक वर्षको अन्त्य हुनै लाग्दा हिमालि क्षेत्रका अधिकांस विकासका कामहरु जारि रहेको र उक्त काम कार्तिक मसान्त सम्ममा सकिने भएकोले सरकारले आर्थिक वर्षको समय हेरफेर गर्नुपर्ने उनको धारणा रहेको थियो ।
सांसद विष्टले यो आर्थिक वर्षमा गण्डकी प्रदेस सरकारले कोरोनाको महामारिको विचमा पनि उत्कृष्ट वजेट ल्याउन सफल भयको वताए । सांसद विष्टले गण्डकी प्रदेस सरकारले ल्याएको वजेटमाथी टिकाटिप्पणी गर्नुभन्दा पनि नीलो कितावलाई राम्रो सङ्ग अध्ययन गर्न विपक्षी दलका सासदहरुलाई आग्रह गरे ।

निलो किताब आकाश जस्तै छर्लङ्ग निलो भएकाले यसमाथी टिकाटिप्पणी गर्नुको कुनै औचित्य नभएको उनको भनाइ रहेको थियो । विकासको काम यो सरकारलेतीन वर्षको अवधिमा अघिल्लो सरकारहरुले भन्दा उत्कृष्ट काम गरेको वताउदै विकासको कामको अवलोकन गर्नका लागि समेत विपक्षी दलका सांसदहरुलाई आग्रह समेत गरे ।