हिमपहिरोले मनाङमा एक विदेशीको मृत्यु !

पोखरा, फागुन २६ ।
हिमपहिरोका कारण मनाङमा एक विदेशीको मृत्यु भएको छ । नेदरल्याण्डका नागरिक पासपोर्ट नम्बर NNL64PCH5 को  Mr. vincend jan bloen मृत भेटिएका हुन् ।

फागुन ६ गते Pariwar Holidays pvt. ltd. नामक एजेन्सी मार्फत अन्नपुर्ण राउण्ड ट्रेकिङ गएकोमा प्रतिकुल मौसमका कारण ट्रेकिङ पुरा गर्न नसकी फर्कने क्रममा हिमपहिरोमा परेका थिए । लामो समय एजेन्सीको सम्पर्कमा नआएपछि प्रहरीले उनको खोजी सुरु गरेको थियो ।

मनाङका ङिस्याङ गाउँपालिका १ स्थित क्याङदि भीरमा हिम पहिरोमा परी पुरीएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । घटनाका विषयमा मनाङको प्रहरी टोलिले थप अनुसन्धान गरिरहेको छ ।