हितैशी सहकारीको सातौं स्थापना दिवसका अवसरमा विद्यार्थीलाई पोशाक वितरण

 

पोखरा, कार्तिक ३ ।

पोखरा १६ अर्मलामा रहेको हितैशी वचत तथा ऋण सहकारी संस्थाले गरिव तथा जेहेन्दार विद्यार्थीलाई पोशाक वितरण गरेको छ ।

संस्थाले आफ्नो सातौं स्थापना दिवसको अवसर पारेर १४ जना विद्यार्थीलाई पोशाक वितरण गरेको सचिव विष्णु प्रसाद लामिछानेले जानकारी दिए । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथी पोखरा महानगर पालिका वडा नं १६ का वडाध्यक्ष जीवन प्रसाद आचार्यले पोशाक वितरण गरेका थिए । सो अवसरमा बोल्दै वडाध्यक्ष आचार्यले सहकारीले आर्थिक क्रियाकलापमा मात्र नभई सामाजिक क्षेत्रमा समेत महत्तवपुर्ण भुमिका खेलेको बताए ।

सहकारीका अध्यक्ष शेरवहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा नेफ्स्कुनका कोषाध्यक्ष केशवप्रसाद पोखरेल, सहकारीका उपाध्यक्ष सुवेदार वुद्घिवहादुर गुरुङ, सचिव विष्णु प्रसाद लामिछाने लगायतले सहकारीले गरेको कार्यको प्रशंशा गरेका थिए ।

सोही अवसरमा सहकारीले नेपालीका महत्तवपुर्ण चाडपर्वको अवसरमा शुभकामना आदान प्रदान समेत गरेको छ ।