हिउँले पुरिएको मनाङ, अवरुद्ध बाटो खुलाउँदै प्रहरी

नवीन लामिछाने

मनाङ, माघ २४ ।
शक्रवार बिहान देखि परेको हिमापातले मनाङका गाउँ वस्ति र सडक सेताम्मे भएका छन् । हिमपातका कारण अवरुद्ध सडक र बाटाघाटो स्थानीय, जिल्ला प्रशसन र सशस्त्र प्रहरीको सहयोगमा खोल्ने काम भएको छ ।

लामो समयसम्म हिपात नहुँदा चिन्तित किसानहरु खुसी भएका छन् भने झन्डै दुईमहिना देखि लागेको नासों गाउँपालिकाको जङ्गल को डढेलो समेत हिमपातले पुर्ण नियन्त्रणमा आएको जिल्ला प्रसासनले जनाएको छ ।

विहान केहि क्षण हिपात रोकिए पनि अहिले निरन्तर हिमपात हुँदा जनजिवन कष्टकर भएको छ । मनाङका चार वटै गाउँपालिकामा हिमपात भएको छ ।

प्रहरीको सक्रियतामा सडक आसपासका हिउँ सफा गरेर सडक सन्चालन गर्ने पहल गरिएको छ । हिमपात नरोकिदा समस्या भएको नेपाल प्रहरीका डिएसपी सुवास खड्काले जानकारी दिए ।