हिउँले डुवेको अन्नपूर्ण बेस क्याम्प (फोटो फिचर)

पोखरा, माघ ५ ।
कास्कीको अन्नपूर्ण आधार शिविर हिउँले पूरिएको छ । आधार शिविर नजिकै हिंकुमा हिउँ पहिरोमा परेर अझै ७ जना बेपत्ता भएका छन् । ४ जना कोरियन नागरिक र ३ जना नेपाली बेपत्ता भएका हुन् ।

उनीहरुको खोजी कार्य चलिरहेको छ । यद्यपी हिमपात भैरहेको कारण उद्धारमा समस्या भएको छ । त्यस क्षेत्रमा भएका पर्यटक र होटल सञ्चालकहरुलाई हेलिकोप्टर मार्फत पोखरा र छोम्रोङमा सारिएको छ ।
तस्विरः जीवन ढकाल