हाँसपोखरीको तीज गितमा कुसुम हेल्थ क्लब प्रथम

 

लेखनाथ, भदौ १७ ।

रुपा गाँउपालिका वडा नं. ७ मा रहेको हाँसपोखरी यूवा क्लबले नेपाली नारीको माहान पर्व हरितालीका तीजको अवसरमा आयोजना गरेको खुल्ला तीज गित प्रतियोगिता सम्पन्न भएको छ ।

समस्त रुपा गाउँपालिकाको विकासनै आफ्नो प्रमुख सपना रहेको र त्यो सपना आफ्नो कार्यकालमा नै सम्पन्न गर्ने कार्यक्रमका प्रमुख अतिथि तथा रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले उद्घोष गरेका छन् । उक्त सपना पुरा गर्न सम्पूर्ण रुपा गाउँपालिका निवासी जनताको साथको आवश्यक्ता पर्ने र त्यो साथको सदैव आशा रहेको भन्दै रुपा गाउँपालिकालाई नमुना गाउँपालिकाको रुपमा चिनाउने विश्वास उनले व्यक्त गरेका छन् ।

कार्यक्रमका विशिष्ट अतिथि वडा नं.७ का वडा अध्यक्ष दयासागर सुवेदीले संस्कृती जर्गेना गर्न यस किसिमका कार्यक्रमले महत्वपूर्ण भुमिका खेल्ने हुदाँ गाँउमा यस किसिमका कार्यक्रमको आयोजनाले भाईचाराको समेत विकास गर्ने हुदाँ क्लवले आयोजना गर्ने हरेक कार्यक्रममा वडाको साथ र सहयोग रहने बताए ।

तीज गित प्रतियोगितामा जम्मा १२ टिमले सहभागिता जनाएका थिए ।

उक्त तीज गित प्रतियोगितामा ११ टिमलाई पछि पार्दै कुसुम हेल्थ क्लब प्रथम हुन सफल भएको छ भने क्रमश द्वितिय, तृतिय तथा सान्त्वनामा हाँसपोखरी दलित दिदी बहिनी समुह, हाँसपोखरी साथी संगिनी समुह र ईशानेश्वर मा.वि क्लबले पुरस्कार हात पार्न सफल भएका छन् ।

पुरस्कारको रासी प्रथम, द्वितिय, तृतिय तथा सान्त्वना हुनेलाई क्रमश रू.८१००, रू.४१००, रू.२१०० र रू.११०० रहेको थियो । उक्त पुरस्कारको रकम देश तथा विदेशमा रहेका आफ्नो गाँउको र संस्कृतीको माया भएका व्यक्तिहरु बाट प्राप्त भएको बताईएको छ ।

साथै उत्कृष्ट नृत्यमा हाँसपोखरी दिदी बहिनी समुह र दर्शकबाट छानिएको नृत्यमा तर्फ समना घिमिरे उत्कृष्ट हुन सफल भएको निर्णायक संयोजक सुमन जिसीले जानकारी दिए ।

विभिन्न ख्याती प्राप्त कलाकारहरुको प्रस्तुती रहेको कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. २६ की वडा सदस्य सर्मिला सुनारले शुभकामना मन्तव्य राखेकी थिइन् ।

कार्यक्रम संयोजक सुनिल सुवेदीको सभापतित्वमा सम्पन्न भएको थियो भने कार्यक्रमको संचालन सह—संयोजक सरोज भट्टराईले गरेका थिए ।