हङकङसँग पराजीत नेपाल डिभिजन टूमा घटुवा नजिक

काठमाडौं, असोज २७ ।
आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको शीर्ष चारमा परेर विश्वकप छनोटमा स्थान बनाउन जित्नै पर्ने खेलमा नेपाल हङकङसँग ८३ रनले पराजित भएको छ । हारसँगै नेपाल ‘डिभिजन टू’मा घटुवा नजिक पुगेको छ ।
आइतबार नेपालले हङकङसँग दोस्रो खेल खेल्नेछ भने आगामी डिसेम्बरमा अन्तिम चरण अन्तर्गत युएईसँग खेल्नेछ । शीर्ष चारमा रहन नेपालले बाँकी सबै खेल जितेर पुग्दैन, हङकङ र केन्याले पनि सबै खेल हार्नुपर्छ ।
अन्यथा नेपाल डिभिजन टूमा घटुवा हुनेछ । यद्यपि विश्वकपमा छनोटको सम्भावना कायमै रहनेछ । सन् २०१८ मा हुने डिभिजन टूका शीर्ष दुई टोलीले विश्वकप छनोट खेल्न पाउने छन् । नामिबिया र यूएई डिभिजन टूमा घटुवा भइसकेका छन् भने क्यानडा र ओमान डिभिजन ३ बाट टूमा उक्लिएका छन् । बाँकी दुई टोली टुंगिन बाँकी छ ।