हङकङले दियो नेपाललाई १९५ रनको लक्ष्य

पोखरा, असोज २७ ।
आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत पाँचौं चरणको खेलमा हङकङले नेपाललाई १९५ रनको टारगेट दिएको छ । मिशन रोड ग्राउण्ड मोङ ककमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर १९४ रनको योगफल बनाएको थियो ।
चौथो ओभरको चौथो बलमा करण केसीको बलमा हङकङका ओपनर अंशुमन रथ खाता नखोली पेविलियन फर्किएसँगै उसको विकेट पतन सुरु भएको थियो । ११औं ओभरमा कप्तान बाबर हायत आउट भए ।
१७ औं ओभरमा हङकङले ७० रन बनाउँदा अनुभवी ब्याट्सम्यान निजाकात खान ब्यक्तिगत १२ रनमा आउट भए । नेपालका लागि सन्दिप लामिछानेले ३, करण केसी र बसन्त रेग्मीले २र२ तथा सुशान भारीले १ विकेट लिए ।
नेपालले केहिबेरमा जवाफी ब्याटिङ गर्नेछ ।